शैक्षिक सूचना केन्द्र

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वयंसेवकको लागि आवेदन आव्हान

भदौ १८, काठमाडाै‍ । कोभिड-१९ रोगको कारणले सृजित हालको स्वास्थ्य आपतकालीन अवस्थामा उक्त रोगको उपचारको लागि अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरुको आइसोलेसन तथा क्वारेन्टाइनमा रहेका विरामीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वयंसेवक (Volunteer) भई कामकाज गर्न ईच्छुक चिकित्सक नर्स प्यारमेडिक्स लगायत अन्य स्वास्थ्यकर्मीहरु र सेवागनिवृत स्वास्थ्यकर्हमीरुले मन्त्रालयको वेवसाइट www.mohp.gov.np मा उपलब्ध विस्तृत सूचना साथ अनलाईन फाराम भरी ३ दिन भित्र अनलाईन आवेदन पेश गर्नुुहुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सूचना जारी गरिएकाे छ ।

सूचना हेर्नुहाेस्

याे पनि पढ्नुहाेस्

सञ्चार तथा सूचना प्रविधिकाे परिचय

पृष्ठभूमी

सूचना तथा सञ्चार क्षेत्रको विकास तथा विस्तारका लागि संचार मन्त्रालयको स्थापना वि.सं. २०२८ साल साउन १ गते भएको हो । प्रशासन सुधार सम्बन्धी वि.सं. २००९ सालको प्रतिवेदनले निर्माण र संचार मन्त्रालय स्थापना गर्न सुझाव दिएअनुरुप सो मन्त्रालयको स्थापना भएको पाइन्छ । कार्य विभाजन नियमावली, २०२४ ले सूचना तथा प्रसार मन्त्रालयको व्यवस्था गरेको थियो भने सञ्चारलाई यातायात, सञ्चार र जलविद्युत मन्त्रालयमा राखेको थियो। प्रशासन सुधार आयोग, २०२५ ले सूचना र प्रसारण क्षेत्रलाई गृह, पंचायत तथा सूचना प्रशार मन्त्रालयमा बनाउन सिफारिश गरेको थियो।

वि.सं. २०२६ सालमा निर्माण, सञ्चार र यातायात मन्त्रालय स्थापना भएको देखिन्छ। वि.सं. २०२८ सालमा छुट्टै सञ्चार मन्त्रालय स्थापना भएकोमा प्रशासन सुधार आयोग, २०४८ को सिफारिश बमोजिम तत्कालिन सञ्चार मन्त्रालयलाई सूचना तथा सञ्चार मन्त्रालयमा परिवर्तन गरिएको थियो।

नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४ बमोजिम साविक सूचना तथा सञ्चार मन्त्रालयमा सूचना प्रविधि क्षेत्र समेत थप गरी मन्त्रालयको नाम सञ्चार तथा सूचना प्रविधि कायम गरिएको छ।

मन्त्रालयकोदीर्घकालीनसोच

सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा विकसित नविन प्रविधिहरुको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्ने।

मन्त्रालयकोक्षेत्रगतसोच

आम सञ्चार

संविधान प्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हक कार्यान्वयन गर्दै नागरिकमा सूचनाको पहूँच विस्तार गर्ने।

दूरसञ्चार

दूरसञ्चार क्षेत्रमा उपलब्ध भएका नवीनतम प्रविधिको प्रयोग गरी देशभर सर्भसुलभ रुपमा भरपर्दो गुणस्तरीय सेवा उपलब्ध गराई रोजगारी सृजना र उद्यमशीलता विकासमा जोड दिने।

सूचना प्रविधि

सूचना प्रविधिको सर्वव्यापी पहुँच सुनिश्चित गरी समुन्नत र आर्थिक सम्बृद्धिमा योगदान बृद्धि गर्दै जाने।

हुलाक सेवा

हुलाक सेवालाई व्यवसायिक, प्रतिस्पर्धी, विश्वासनिया र आत्मनिर्भर बनाउने 

चलचित्र

नेपाली चलचित्र क्षेत्र लाई उद्योगको रुपमा विश्वास गरी नेपालको राष्ट्रियता प्रवर्धन गर्न र आर्थिक बृधि वृद्धिमा योगदान बढाउदै जाने |

सुरक्षण मुद्रण

राहदानी, हुलाक, टिकट, आन्तशुल्क, स्टिकर, चेकबुकम, स्मार्ट कार्ड, बैंक नोट जस्ता सुरक्षण कागजातहरु देश भित्रै मुद्रण गर्न सुरक्षण स्थापना गरी संचालन गर्ने |

मन्त्रालयसम्बद्धनिकायहरु:

राष्ट्रिय सूचना आयोग (सम्पर्क मन्त्रालयको रुपमा)

सूचना तथा प्रसारण विभाग

मुद्रण विभाग

सूचना प्रविधि विभाग

हुलाक सेवा विभाग

प्रेस काउन्सिल नेपाल

नेपाल दुरसञ्चार प्राधिकरण

राष्ट्रिय समाचार समिति

नेपाल टेलिभिजन

रेडियो नेपाल

गोरखापत्र संस्थान

न्यूनतम पारिश्रमिक निर्धारण समिति

चलचित्र विकास वोर्ड

सुरक्षण मुद्रण विकास समिति

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड

राष्ट्रिय सूचना प्रविधि केन्द्र

प्रमाणिकरण नियन्त्रकको कार्यालय

कार्यक्षेत्र

सञ्चार तथा सूचना, दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधिसम्बन्धी नीति, कानून, मापदण्ड, कार्यान्वयन र नियमन;

दूरसञ्चार र प्रसारण फ्रिक्वेन्सी बाँडफाँड, शुल्क निर्धारण र नक्साङ्कन, प्रयोगको अनुमति, नवीकरण र नियमन ;

सूचना र सञ्चार प्रविधिसम्बन्धी अध्ययन, अनुसन्धान, प्रवर्द्धन र नियमन ;

माइक्रोवेभ प्रणालीको विस्तार, ब्यान्डविथको अन्तर्राष्ट्रिय कनेक्टिभिटी र रेडियोयन्त्र प्रयोग ;

रेडियो, टेलिभिजन, छापा सञ्चार र समाचार संस्थासम्बन्धी नीति, कानून र मापदण्ड;

राष्ट्र्रियस्तरका रेडियो, टेलिभिजन, प्रसारण संस्था र बहुवितरण प्रसारण प्रणालीको अनुमति, नवीकरण र नियमन;

विदेशी टेलिभिजन च्यानलको डाउनलिङ्क;

अनलाइन मिडियासम्बन्धी नीति, कानून र मापदण्ड;

श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिकसम्बन्धी नीति, कानून र मापदण्ड;

सार्वजनिक प्रसारण, छापा र प्रसारण संस्थासम्बन्धी नीति, कानून र मापदण्ड;

स्वदेशी तथा नेपालबाट प्रसारण गरिने विदेशी छापा प्रकाशनसम्बन्धी नीति, कानून र मापदण्ड;

राष्ट्रिय विज्ञापन नीति र मापदण्ड;

हुलाकसम्बन्धी नीति, कानून, मापदण्ड, सञ्चालन र नियमन;

हुलाक टिकट प्रकाशन, भण्डारण तथा अभिलेख व्यवस्थापन;

धनादेश सेवा, हुलाक बैंक र अन्तर्राष्ट्रिय डाँक लेखा व्यवस्थापन;

चलचित्र र सिनेमा हलसम्बन्धी नीति, कानून र मापदण्ड;

सुरक्षण मुद्रण;

नेपाल राजपत्रको मुद्रण, वितरण तथा अभिलेख;

पत्रपत्रिकासम्बन्धी आचारसंहिता;

भू-उपग्रहको उपयोग;

सूचना प्रविधिको प्रवर्द्धन, राष्ट्रिय सूचना प्रविधि केन्द्र र सूचना प्रविधि पार्क;

साइबर सुरक्षा;

राष्ट्रिय सूचना आयोग;

प्रेस काउन्सिल, केन्द्रीय प्रेस रजिस्ट्रार, नेपाल दूरसञ्चार प्राधिकरण र चलचित्र विकास बोर्ड;

मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँग सन्धि, सम्झौता, अभिसन्धि, सम्पर्क र समन्वय;

मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन;

नेपाल इन्जिनियरिङ्ग सेवाको इलेक्ट्रोनिक एण्ड टेलिकम्युनिकेसन इन्जिनियरिङ्ग समूह सञ्चालन।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ