शिक्षकहरुको कार्यसम्पादन मूल्याकन फारामको नमुना हेर्नुहोस्
साउन २३, काठमाडौ । शिक्षक सेवा आयोगले सबै तहका स्थायी शिक्षकहरुका लागि शैक्षिक सत्र २०७७ मा पेश गर्नुपर्ने कार्यसम्पादन मूल्याकन फारामको नमुना प्रकाशित गरेको छ ।
नमुना हेर्नुहोस् :


यो पनि पढ्नुहोस् :
पाठ्यक्रमको विषय क्षेत्र र तयार गर्ने आधार
शिक्षकहरुको विभिन्न श्रेणी तथा तह, विषय अनुसार लिइने खुला प्रतियोगिता एवं आन्तरिक खुला प्रतियोगिताको लागि लिखित परीक्षाको पाठ्यक्रम निर्माण गरिन्छ ।
परीक्षाको पाठ्यक्रमको पाठ्यविषय नेपालको सविधान, शिक्षा सम्बनधी ऐन नियम, शिक्षाको सिकाइसग सम्बद्ध क्षेत्रहरुमा केन्द्रित गरिएको छ ।
विषयगत प्रश्न सम्बन्धित विषयलाई पाठ्यविषय, शिक्षण विधि, क्रियाकलाप र मूल्यानमा विशेष जोड गरिएको छ ।
प्रश्नको समय, अङ्कभार र किसिम विशिष्टीकरण तालिकाले निर्धारण गरे अनुसार कायम हुन्छ ।
विशिष्टीकरण तालिका
लिखित परीक्षाको उत्तर दिने किसिम र समयलाई ४ ओटा खण्डमा विभाजन गरिएको छ ।
ती हुन संक्षिप्त उत्तर आउने प्रश्नहरु, लामो उत्तर आउने प्रश्नहरु । समस्यामूलक प्रश्न र सविधान तथा ऐन कानून सम्बन्धी प्रश्न हुनुपर्ने ।
तिनीहरुको अङ्क भार पनि फरकफरक पारिएको छ ।
प्रश्नपत्र निर्माण तथा मोडरेशन
शिक्षा विषयमा विशेषज्ञता भएका दक्ष, अनुभवी विशेषज्ञ, शिक्षाविद्, प्राध्यापक तथा शिक्षकमध्ये छनौट गरीन्छ ।
निर्धारित पाठ्यक्रम तथा ग्रिडका आधारमा पूर्ण गोप्यताका साथ प्रश्नपत्र तयार गर्न लगाइन्छ । एकै तह र विषयका धेरै समानान्तर सेट प्रश्न तयार भएपछि उल्लिखित विषयका विशेषज्ञहरुबाट मोडरेशन गरी अन्तिम रुप दिइन्छ ।
सिलबन्दी गरी गोप्यताका साथ राखिन्छ ।
नमूना प्रश्नपत्र र मार्कि स्कीम
तहगत र विषयगत रुपमा १।१ सेट नमूना प्रश्न र परीक्षामा प्रयोग भएको प्रश्नको उत्तरकुञ्जिका तयार गरिन्छ ।
परीक्षाको प्रयोगका लागि प्रश्नपत्रको छनौट
अध्यक्षले उपलव्ध विभिन्न विषय र तहको लागि आवश्यक पर्ने सेट रेण्डम तरीकाले छनौट गरीन्छ ।
र परीक्षा हुने समयभन्दा केही दिन वा घण्टा अगाडि छनौट गरी सिमित व्यक्तिबाट छपाई, सिलबन्दी गरी केन्द्रमा पठाइन्छ ।
केन्द्र निर्धारण र परीक्षा सञ्चालन
शान्ति सुरक्षा र स्थानको उपयुक्तता हेरी तोक्ने र परीक्षा सञ्चालन समिति तोक्ने गरिन्छ ।
तथा अन्य परीक्षाको प्रक्रिया अनुसार केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक र सुरक्षा गार्ड आदि रहने व्यवस्था छ ।
परीक्षा केन्द्र रहेका स्थानका प्रशासक, सुरक्षा निकाय प्रमुख, क्षेशिनि, जिशिका प्रतिनिधिबाट केन्द्रको सुपरीवेक्षण गर्ने व्यवस्था रहेको छ ।
परीक्षा केन्द्रमा नै उत्तरपुस्तिका गणना गरी प्याकिङ गर्ने र सिलबन्दी गरिन्छ । छिटो साधनद्वारा आयोगमा पठाउने व्यवस्था गरिएको छ ।
उत्तरपुस्तिका कोडिङ
आयोगका सदस्यको रोहवरमा पहिलो कोडिङका लागि परीक्षा सञ्चालनमा सलग्न नभएका कर्मचारी ।
वा अन्य कुनै कार्यालयका अधिकृत कर्मचारीको सहयोगमा उत्तरपुस्तिकाको पहिलो कोड हालिन्छ ।
दोश्रो कोड पहिलो कोड नहानेका व्यक्तिबाट दोश्रो कोड हान्ने र उत्तरपुस्तिकाबाट अर्धकट्टी च्याती सिलबन्दी गरी राखिन्छ ।
उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण
शिक्षा क्षेत्रमा अनुभव भएका प्राध्यापक, श्रेष्ठ शिक्षक तथा अधिकृत कर्मचारीहरुको रोष्टर तयार गरिएको हुन्छ ।
आयोगका अध्यक्ष तथा सदस्यको आदेशमा परीक्षक नियुक्त गरी उत्तरपुस्तिका परीक्षणको निम्ति आयोगमा आमन्त्रण गरिन्छ ।
आयोगको रेखदेख र नियन्त्रणमा निर्धारित उत्तरकुञ्जिकाको आधारमा उत्तरपुस्तिका परीक्षण सम्पन्न भएपछि श्रेष्ठ विशेषज्ञबाट सम्परीक्षण गराइन्छ ।
सम्परीक्षण प्रत्येक उपु ठीकसग परीक्षण भएको छ, छैन हेरिन्छ ।
र सामान्य त्रुटी भएमा सच्याउने । र गम्भिर त्रुटी भएमा सम्बन्धित परीक्षकलाई पुन परीक्षण गर्न लगाइन्छ ।
प्राप्ताङ्क कम्प्यूटरमा इन्ट्री
कोड अनुसार मार्कस्लिपमा भएको अङ्क कम्प्यूटरमा इन्ट्री गरीन्छ ।
र न्यूनतम उत्तीर्णाअङ्क वा रिक्त दरबन्दीको सख्याको अनुपातमा लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारको योग्यताक्रमको तालिका तयार गरिन्छ ।
प्राप्ताङ्क इन्ट्री रुजु
कम्प्यूटरमा इन्ट्री गरिएको प्राप्ताङ्क प्रथम पटक मार्कस्लिपसग भिडाइ हेरी केही त्रुटी भए सच्याइन्छ ।
पुनः सच्याएको इन्ट्री रुजु गरिन्छ ।
योग्यताक्रम तालिकाको रुजु गरी त्रुटी भए सच्याइन्छ । त्रुटी सच्चिएको छ,छैन हेरिन्छ र अनितम रुप दिइन्छ ।
नतिजाको निम्ति कोडबाट र रोल न बाट डिकोड गरिन्छ । डिकोड कोडसंग भिडाइ रुजु गरी अनितम रोल न अनुसार नतिजा प्रकाशनको निम्ति तयार गरिन्छ ।
अन्तर्वार्ता
अन्तर्वार्तालाई निष्पक्ष बनाउन क्षेत्रीय निर्देशकको सयोजकत्व वा जिल्ला भए जिशिअ को अध्यक्षतामा एक समन्वय समिति गठन गरिन्छ । समन्वय समितिले दक्ष प्राध्यापक तथा शिक्षा विशेषज्ञलाई गोप्य रुपमा आमन्त्रण गरी ३।३ जनाको समूह बनाइन्छ । अन्तर्वार्ता लिने व्यक्तिहरुको सख्याको हिसावले समूह बनाइ अन्तर्वार्ता लिनुभन्दा पहिलो गोलाप्रथाद्वारा समूह तोकिन्छ । अन्तर्वार्तामा अधिकतम अङ्क दिन र न्यूनतम अङ्क दिन पुष्ट्याइ लेख्नुपर्ने र ३ जनाको अङ्क औसत कायम गर्ने प्रावधान रहेको छ । छुट्टाछुट्टै व्यक्तिले गरेको मूल्याङ्कन तत् स्थानमा सिलबन्दी गरी आयोगमा पठाइन्छ ।
नतिजा प्रकाशन
परीक्षार्थीको विवरण साथ अन्तर्वार्ताबाट प्राप्त अङ्क र लिखित परीक्षामा प्राप्त गरेको अङ्क कम्प्यूटरमा इन्ट्री गरिन्छ ।
डिकोड गरी नाम ठेगाना समेतको नतिजा तालिका तयार पारिन्छ ।
तेश्रो चरणसम्म आयोगका सदस्यहरुबाट रुजु गरी पदसंख्या अनुसार योग्यताक्रमले मुख्य उम्मेदवार र वैकल्पिक उम्मेदवार छुट्याइन्छ ।
नतिजा प्रकाशनको निम्ति रोल न, नाम सहितको तालिका तयार गरी आयोगबाट निर्णय गरी सूचना प्रकाशनको निमित् पठाइन्छ ।
नियुक्तिको सिफारिश तथा नियुक्ति लिने प्रक्रिया
नतिजा प्रकाशन भएपछि नियुक्तिको लागि जिल्लाहरुमा रोल न, नाम समेतको मुख्य र वैकल्पिक उम्मेदवारको सिफारिश पठाउने काम गरिन्छ ।
जिल्लाले ३० दिनको सूचना जारी गरी नियुक्ति दिने व्यवस्था गरिएको छ ।
३० दिनभित्र मुख्य उम्मेदवारले नियुक्ति नलिएमा वा नियुक्ति लिइ १ वर्षभित्र उक्त पदबाट राजीनामा ।
वा अन्य कारणले छोडेमा वैकल्पिकको योग्यताक्रम अनुसारका व्यक्तिले नियुक्ति पाउनेछन् ।
आयोगको कानूनी आधार र कार्यविधि
शिक्षा ऐन, २०२८ तथा शिक्षा नियमावली, २०५८ अनुसार गठन भएको र काम कर्तव्य र अधिकार दिइएको छ ।
आयोगले शिक्षा ऐन तथा नियमावलीको अधिनमा रही शिक्ष सेवा आयोग नियमावली, २०५८ र शिक्षक सेवा आयोग कार्यविधि, २०५९ को व्यवस्था भएको छ ।
सुझाव तथा राय परामर्श दिने काम
शिक्षकको सेवा शर्त सुविधा सम्बन्धमा नेपाल सरकार तथा शिक्षा मन्त्रालयलाई सुझाव तथा रायपरामर्श दिने काम हुन्छ ।
वार्षिक प्रतिवेदन पेश गर्ने
आयोगले प्रत्येक वर्ष सम्पादन गरेका काम र प्रगति समेतको वार्षिक प्रतिवेदन शिक्षा मन्त्री समक्ष पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।