शैक्षिक सूचना केन्द्र

काेराेना प्रकाेपः कुन कुन महादेशमा कति कति सङ्क्रमित र मृत्यु ?

चैत २९ काठमाडाै । विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ राेगकाे कारणले हालसम्म २१० वटा मुलुकहरु प्रभावित भएका छन् ।

याे समाचार तयार पार्दा सम्म काेराेना भाइरसकाे कारणले विश्वमा १७ लाख २ हजार ४ सय ९५ जना सङ्क्रमित भएका छन् जसमध्ये १लाख २ हजार ८सय ५४ जनाले ज्यान गुमाउनुपरेकाे छ ।

त्यसैगरी ३ लाख ७७ हजार २ सय २४ जना उपचारपछि निकाे भएका छन् भने ४९ हजार ९ सय ९ जनाकाे अवस्था निकै चिन्ताजनक रहेकाे छ ।

युराेप

अहिलेसम्मकाे तथ्याङ्कलाई हेर्दा विश्वभरमा सबैभन्दा बढी सङ्क्रमित भएकाे महादेश युराेप हाे ।

यहाँ कुल ८ लाख २२ हजार ५ सय ७२ जना सङ्क्रमित भएका छन् । जसमध्ये ७० हजार १ सय ३९ जनाकाे मृत्यु भईसकेकाे छ भने १ लाख ९७ हजार ७ सय १० जना उपचारपछि निकाे भएका छन् ।

साथै ३० हजार २ सय ३८ जनाकाे अवस्था निकै नाजुक रहेकाे छ ।

यस महादेशमा सबैभन्दा बढी सङ्क्रमितहरु स्पेनमा रहेका छन् ।

स्पेनमा हालसम्म १ लाख ५८ हजार २ सय ७३ जनामा सङ्क्रमण फैलिएकाे छ ।

यता भ्याटिकन सिटीमा भने सङ्क्रमितकाे सबैभन्दा कम रहरेकाे छ । यहाँ ८ जना मात्र सङ्क्रमित भएका छन् ।

उत्तर अमेरिका

विश्वभरमा सबैभन्दा बढी सङ्क्रमित भएकाे महादेशमध्ये उत्तर अमेरिका दाेस्राे स्थानमा रहेकाे पाईन्छ ।

यहाँ कुल ५ लाख ३७ हजार ५ सय ६९ जना सङ्क्रमित भएका छन् । जसमध्ये १९ हजार ८ सय ७६ जनाकाे मृत्यु भईसकेकाे छ भने ३४ हजार ४ सय ६० जना उपचारपछि निकाे भएका छन् ।

साथै ११ हजार ९ सय ६ जनाकाे अवस्था निकै नाजुक रहेकाे छ ।

यस महादेशमा सबैभन्दा बढी सङ्क्रमित सङ्युक्त राज्य अमेरिकामा रहेका छन् ।

सङ्युक्त राज्य अमेरिकामा हालसम्म ५ लाख ३ हजार १ सय ७७ जनामा सङ्क्रमण फैलिएकाे छ ।

यता सेन्ट पिएरमा भने सङ्क्रमितकाे सबैभन्दा कम रहरेकाे छ । यहाँ १ जना मात्रै सङ्क्रमित भएका छन् ।

एसिया

एसिया सबैभन्दा बढी सङ्क्रमित भएकाे महादेशमध्ये तेस्राे स्थानमा रहेकाे छ ।

यहाँ कुल २ लाख ७५ हजार ९ सय ६६ जना सङ्क्रमित भएका छन् । जसमध्ये १० हजार २ सय ६७ जनाकाे मृत्यु भईसकेकाे छ भने १ लाख ३४ हजार ४ सय ८४ जना उपचारपछि निकाे भएका छन् ।

साथै ६ हजार ६ सय ४३ जनाकाे अवस्था निकै नाजुक रहेकाे छ ।

यस महादेशमा सबैभन्दा बढी सङ्क्रमित चिनमा रहेका छन् ।

चिनमा हालसम्म ८१ हजार ९ सय ५३ जनामा सङ्क्रमण फैलिएकाे छ ।

यता यमनमा भने सङ्क्रमितकाे सबैभन्दा कम रहरेकाे छ । यहाँ १ जना मात्रै सङ्क्रमित भएका छन् ।

दक्षिण अमेरिका

तथ्याङ्कलाई हेर्दा विश्वभरमा सबैभन्दा बढी सङ्क्रमित भएकाे महादेशमध्ये दक्षिण अमेरिका चाैथाे महादेश हाे ।

यहाँ कुल ४५ हजार १ सय ५८ जना सङ्क्रमित भएका छन् । जसमध्ये १ हजार ८ सय १५ जनाकाे मृत्यु भईसकेकाे छ भने ४ हजार ६ सय २७ जना उपचारपछि निकाे भएका छन् ।

साथै ८ सय ७७ जनाकाे अवस्था निकै नाजुक रहेकाे छ ।

यस महादेशमा सबैभन्दा बढी सङ्क्रमित ब्राजिलमा रहेका छन् ।

ब्राजिलमा हालसम्म १९ हजार ९ सय ४३ जनामा सङ्क्रमण फैलिएकाे छ ।

उता फल्कल्याण्ड भने सङ्क्रमितकाे सबैभन्दा कम रहरेकाे छ । यहाँ ५ जना मात्र सङ्क्रमित भएका छन् ।

अफ्रिका

अफ्रिका सबैभन्दा बढी सङ्क्रमित भएकाे महादेशमध्ये पाचाै हाे ।

यहाँ कुल १३ हजार ५ सय ३९ जना सङ्क्रमित भएका छन् । जसमध्ये ६ सय ९७ जनाकाे मृत्यु भईसकेकाे छ भने २ हजार २ सय ५५ जना उपचारपछि निकाे भएका छन् ।

साथै १ सय ६० जनाकाे अवस्था निकै नाजुक रहेकाे छ ।

यस महादेशमा सबैभन्दा बढी सङ्क्रमित दक्षिण अफ्रिकामा रहेका छन् ।

दक्षिण अफ्रिकामा हालसम्म २ हजार ३ जनामा सङ्क्रमण फैलिएकाे छ ।

यता बुरुण्डीमा भने सङ्क्रमितकाे सबैभन्दा कम रहरेकाे छ । यहाँ ३ जना मात्रै सङ्क्रमित भएका छन् ।

अष्ट्रेलिया

अहिलेसम्मकाे तथ्याङ्कलाई हेर्दा विश्वभरमा सबैभन्दा कम सङ्क्रमित भएकाे महादेश अष्ट्रेलिया हाे ।

यहाँ कुल ७ हजार ६ सय ९१ जना सङ्क्रमित भएका छन् । जसमध्ये ६० जनाकाे मृत्यु भईसकेकाे छ भने ३ हजार ६ सय ८८ जना उपचारपछि निकाे भएका छन् ।

साथै ८५ जनाकाे अवस्था निकै नाजुक रहेकाे छ ।

यस महादेशमा सबैभन्दा बढी सङ्क्रमित अष्ट्रेलियामा रहेका छन् ।

अष्ट्रेलियामा हालसम्म ६ हजार २ सय ९२ जनामा सङ्क्रमण फैलिएकाे छ ।

यता पपुवा न्युगिनीमा भने सङ्क्रमितकाे सबैभन्दा कम रहरेकाे छ । यहाँ २ जना मात्रै सङ्क्रमित भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ