शैक्षिक सूचना केन्द्र

सार्क मुलुकमा काेराेना भाइरसकाे प्रभाव, ८२९० सङ्क्रमित र १९३ मृत्यु

चैत २४ काठमाडाै । विश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेभिड १९ राेगकाे कारणले हालसम्म २१० वटा मुलुकहरु प्रभावित भएका छन ।

याे समाचार तयार पार्दा सम्म काेराेना भाइरसकाे कारणले विश्वमा १२७६११७ जना सङ्क्रमित भएका छन् भने ६९५०९ जनाले ज्यान गुमाउनुपरेकाे छ ।

त्यसैगरी २६५९४४ जना उपचारपछि निकाे भएका छन् र ४५८९६ जनाकाे अवस्था भने चिन्ताजनक रहेकाे छ ।

सार्क मुलुकहरुमा पनि काेराेना भाइरसकाे प्रकाेप दिनानुदिन बढ्दै गईरहरकाे छ ।

भारत

अहिलेसम्मकाे तथ्याङ्कलाई हेर्दा सार्क मुलुकहरुमध्य भारतमा सबैभन्दा बढी सङ्क्रमित हुनुका साथै मृत्यु हुनेकाे सङ्ख्या पनि भारतमानै बढी भएकाे पाइएकाे छ ।

यहाँ गरिएकाे १४०२९३ जनाकाे परिक्षणमध्ये ४३१४ जना सङ्क्रमित हुन पुगेका छन् ।

मृत्यु हुनेकाे सङ्ख्या ११८ पुगेकाे छ । त्यसै गरी उपचारपछि निकाे हुनेकाे सङ्ख्या ३२८ रहेकाे छ ।

भुटान

भुटानमा भने काेराेना भाइरसकाे सङ्क्रमण सार्क मुलुकहरुमा तुलनात्मकरुपले सबैभन्दा कम देखिएकाे छ ।

भुटानमा जम्मा ५ जना सङ्क्रमित भएकाेमा २ जना निकाे भईसकेका छन् भने बाँकी ३ जनाकाे उपचार भइरहेकाे छ ।

पाकिस्तान

सङ्क्रमणका साथै मृत्यु हुने सङ्ख्याका हिसाबले पाकिस्तान सार्क मुलुकहरुमा दाेस्राे स्थानमा रहेकाे छ ।

पाकिस्तानमा गरिएकाे ३५८७५ जनाकाे परिक्षणमध्ये ३२७७ जना सङ्क्रमित भएका छन् भने ५० जनाकाे मृत्यु हुन पुगेकाे छ ।

पाकिस्तानमा उपचारपछि २५७ जना निकाे भएका छन् ।

अफगािनस्तान र श्रीलङ्का

त्यसै गरी सङ्क्रमित हुने सङ्ख्याका हिसाबले अफगािनस्तान तेस्राे र श्रीलङ्का चाैथाे स्थानमा पर्दछ ।

अफगािनस्तानमा ३६७ सङ्क्रमित छन् भने ज्यान गुमाउने सङ्ख्या ७ पुगेकाे छ ।

यहाँ जम्मा १७ जना उपचार पछि निकाे भएका छन् ।

उता श्रीलङ्कामा भने १७६ जना काेराेना सङ्क्रमित फेला परेका छन ।

ती मध्य ५ जनाले ज्यान गुमाइसकेका छन् भने ३३ जना उपचार पछि निकाे भएका छन ।

बङ्गलादेश र माल्दिभ्स

सङ्क्रमित हुने आधारमा पाचाै र छैठाै स्थानमा क्रमश बङ्गलादेश र माल्दिभ्स रहेका छन ।

बङ्गलादेशमा १२३ जना र माल्दिभ्समा १९ जना काेराेना सङ्क्रमित भेटिएका छन ।

बङ्गलादेशमा १३ जनाकाे मृत्युसमेत भइसकेकाे छ भने ३३ जना निकाे भएका छन । माल्दिभ्समा भने १३ जना उपचार पछि निकाे भइसकेका छन ।

नेपाल

अहिलेसम्मकाे तथ्याङ्कलाई केलाउँदा नेपाल सङ्क्रित मुलुकका हिसाबले सार्क राष्ट्रमा साताै स्थानमा रहेकाे छ ।

हालसम्म नेपालमा गरिएकाे १६४२ जनाकाे स्वाब परिक्षणमध्ये ९ जनामा काेराेना भाइरसकाे सङकमण देखिएकाे छ ।

१ जना उपचारपछि निकाे भइसकेका छन् भने बाँकी ८ जना उपचारकाे क्रममा छन ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ